सोमबार, बैशाख १४, २०८३
निर्वाचनका लागि  काभ्रेमा दलहरुद्वारा उम्मेदवार सिफारिस  : माओवादी छलफलमा

काभ्रे : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदैँ छ । निर्वाचन मिति नजिकिएसँगै काभ्रेमा दलहरु उम्मेवाद सिफारिसका लागि व्यस्त भएका छन् ।

काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीले निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।

नेकपा (माओवादी केन्द्र) ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । यसैगरी, जिल्लास्थित माओवादी केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आइतबारदेखि छलफलमा जुटेको छ ।

उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताए ।

पार्टीका क्षेत्रीय कमिटीले छलफलमा माध्यमबाट जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका नाम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा प्रत्येक क्षेत्रमा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन/तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय