पनौतीका जिर्ण पोल र अव्यवस्थित बिजुली तारको व्यवस्थापन गरिने

काभ्रे : जिल्लाको पनौतीमा नगरपालिका वडा नं ७ बजार क्षेत्रका जिर्ण पोल र अव्यवस्थित बिजुली तारको व्यवस्थापन गरिने भएको छ ।

६० वर्ष अघि गाडीएका पोल जिर्ण बन्दै जाानुको साथै अव्यवस्थित रहेका बिजुली तारका कारण दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि बिजुलीको तार व्यवस्थापन गर्न पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिए ।

उनका अनुसार पनौती धार्मिक क्षेत्र समेत भएकाले विभिन्न जात्रा पर्वमा जिर्ण पोल तथा लत्रिएका तारले जोखिम थप बढाएको छ । बिजुली तारलाई भुमिगत गर्ने तयारी गरिएपनि प्राविधिक कठिनाई देखिएपछि अग्लो पोलमार्फत तार व्यवस्थित गर्न लागिएको हो । बिजुली तारलाई व्यवस्थित गरेसँगै सडक वत्ति पनि थप गरिने वडा अध्यक्ष ताम्राकारले जानकारी दिए ।

वडा कार्यालयको आग्रहमा विद्युत प्राधिकरणको नीति अनुरुप जिर्ण पोल हटाएर बिजुलीका नयाँ पोल हालिने नेपाल विद्युत प्राधिकरणका उप–प्रबन्धक निरोज कर्माचार्यले बताउनुभयो । सोहि क्रममा अनावश्यक तार पनि प्राधिकरणले हटाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस