चोरी मुद्दामा फरार रहेका काभ्रे महाभारतका हिरा बहादुर चार वर्षपछि पक्राउ

काभ्रे : चोरी मुद्दामा फरार रहेका काभ्रेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं ८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ८ जरंखु बस्ने हिमाल लामा भन्ने ४९ वर्षीय हिरा बहादुर लामा रहेका छन् ।

चोरी मुद्दामा फरार रहेका उनलाई प्रहरी चार वर्षपछि आइतबार दिउँसो पक्राउ गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरको २०७५ मंसिर ११ गतेको फैसलाले १ लाख ७३ हजार ४ सय ८३ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं जरंखुबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस