काभ्रे : देशभर प्रर्दशन भइरहेको नेपाली चलचित्र झिँगेदाउ काभ्रेको बनेपा स्थित शुभकामना सिनेमा हलमा पनि भव्य रुपमा प्रर्दशन भईरहेको छ । उक्त सिनेमा हलले जेष्ठ नागरिकलाई झिँगेदाउ चलचित्रको टिकट निःशुल्क प्रदान गर्ने भएको छ ।
आमा र सन्तान बीचको कथा बोकेको झिँगेदाउ नेपाली कथानक चलचित्र भएकाले जेष्ठ नागरिकलाई निःशुल्क टिकट प्रदान गर्न लागिएको शुभकामना सिनेमा हलका प्रबन्धक दुर्गालाल प्रधानले बताए ।
उनका अनुसार उक्त फिल्म प्रर्दशन अवधिभर जेष्ठ नागरिकलाई निःशुल्क टिकट प्रदान गरिने छ । सिनेमा हलले सोमबारबाट लागू हुने गरी गरेको उक्त निर्णय अनुसार बिहान ११ः३० बजे र साँझ ५ः३० बजेको सोमा जेष्ठ नागरिकलाई निःशुल्क टिकट वितरण गरिने उनले जानकारी दिए ।



















