शनिबार, मंसिर २७, २०८२
अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले अनधिकृत संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउने निर्णय गरेको हो ।

नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’

नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न–गराउन सबैलाई आग्रह गरिएको छ । सूचनालाई बेवास्ता गरी काम गरिरहेको देखिएमा वा अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

अनधिकृत संरचना हटाउने बारे नगरपालिकाद्वारा जारी गरिएको सूचना :

सिफारिस

ताजा समाचार

लोकप्रिय