सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आइपिओ निष्कासन गर्ने

काठमाडौँ : भदौ २९ गतेदेखि सिक्लेस हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।  उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय लम्बिनेछ।

आवेदकले मेरो सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस