सोमबार, बैशाख ०७, २०८३
बसमा यात्रुको पकेट मार्ने काभ्रे बेथानचोकका बिनोद पक्राउ

काभ्रे : सार्वजनिक बसमा यात्रुको पकेट मार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ६ का २७ वर्षीय बिनोद मगर रहेका छन् ।

उनलाई इलका प्रहरी कार्यालय बनेपाको टोलीले भदौ २१ गते बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटोबाट पक्राउ गरेको हो ।

बिनोदले भदौ २१ गते धुलिखेलबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७०७४ नं को भाडा बसमा सवार धुलिखेल नगरपालिका वडा नं ११ बस्ने ४४ वर्षीया गंगा देवी बडालले बोकेको ब्यागबाट पञ्चानब्बे हजार आठ सय रुपैया  झिकेर उम्किन लागेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पक्राउ परेका बिनोदलाई भदौ २२ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय