काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैँयाले बढेको छ।
आज छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैँयाले बढेर ९३ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ३०० कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको कारोबार मूल्य आज तोलामा एक हजार १३५ रुपैयाँ कायम भएको छ।



















