सोमबार, बैशाख ०७, २०८३
१६० केजी गाँजासहित मकवानपुरबाट एक पुरुष पक्राउ

मकवानपुर : १६० केजी गाँजासहित मकवानपुरबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय