शनिबार, मंसिर २७, २०८२
कैलालीमा डेंगुको संक्रमणबाट एक बालिकाको मृत्यु

कैलाली : पछिल्लो समय देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । त्यस्तै कैलालीमा डेंगुको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

यसअघि धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि डेंगुका कारण मृत्यु भएको थियो । शाहीको उपचारको क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढ्दै गएको छ । कैलालीलगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढ्दै गएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय