डाँका तथा चोरी मुद्दामा फरार रहेका पनौती– ५, चौकोटका श्रेष्ठ पक्राउ
बिहिबार, भाद्र २३, २०७९ | १९:४८:४४
काभ्रे : डाँका तथा चोरी मुद्दामा फरार रहेका काभ्रेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पनौती नगरपालिका वडा नं ५ चौकोटका २७ वर्षीय रामेश्वर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार श्रेष्ठलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७७ माघ ११ गते डाँका तथा चोरी मुद्दामा नौ महिना कैद र ३० हजार रुपैँया जरिवना सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले आज पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।