जबरजस्ती करणी मुद्दामा फरार रहेका पनौती–१२ का शान्ता बहादुर चार वर्षपछि पक्राउ

काभ्रे : जबरजस्ती करणी मुद्दामा फरार रहेका काभ्रेका प्रतिवादीलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पनौती नगरपालिका वडा नं १२ साइला भनिने शान्ता बहादुर लामा (तामाङ) रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार शान्ता बहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७५ वैशाख २४ गते जबरजस्ती करणी मुद्दामा ३ वर्ष ५ महिना ७ दिन सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका शान्त बहादुरलाई प्रहरीले आज पनौती नगरपालिका वडा नंं १२ स्थित रोशी भूमिडाँडाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शान्ता बहादुरलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस