हातहतियार खरखजाना मुद्दामा फरार रहेका रोशीका काजीमान पक्राउ

काभ्रे : हातहतियार खरखजाना मुद्दामा फरार रहेका काभ्रेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रोशी गाउँपालिका वडा नं ७ भस्मेका काजीमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले काजीमानलाई हातहतियार खरखजाना मुद्दामा २०७८ फाल्गुण १ गते चार महिना २३ दिन कैद र १० हजार रुपैँया जरिवाना सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीले भदौ २३ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस