भुम्लुमा मदिराजन्य पदार्थ बेचबिखनमा रोक
शुक्रबार, भाद्र २४, २०७९ | २०:३६:४०
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाले मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाएको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशन गर्दै मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाइएको बारे जानकारी गराएको छ ।
गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार, ‘भदौ २३ गते गाउँपालिकाको निर्णय अनुसार भुम्लु गाउँपालिका क्षेत्र भरी भदौ २४ गतेदेखि लागू हुने गरी साँझ ७ बजे अघि मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाइएको व्यहोरा गराइन्छ । उल्लेखित समयभन्दा अघि मदिराजन्य पदार्थ बेचबिखन नगर्न ÷नगराउन सम्बन्धित पक्षलाई जानकारी गराइन्छ ।’
मदिराजन्य पदार्थ खाई होहल्ला गर्ने, जुवातास खेल्ने, अनावश्यक होहल्ला गरी समाजमा खलल पुयाउनेलाई कानुन बमोजिम कारवाही हुने गाउँपालिकाले सूचनामार्फत जानकारी गराएको छ ।