सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय