त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं : काठमाडौँ स्थित त्रिचन्द्र क्याम्पसमा आज नेपाल विद्यार्थी संघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले विरोध जनाउँदै राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।

पुत्ला दहनमा प्रहरी हस्तक्षेप हुँदा स्थिति ढुंगा हानाहान भएको छ । विद्यार्थीहरुले क्याम्पस प्रांगणबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । विद्यार्थीहरुले प्रहार गरेको ढुंगा टिपेर प्रहरीलेसमेत जवाफ फर्काएका थिए ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुगेको छ। नागरिकता विधेयक तत्काल प्रमाणीकरण हुनुपर्ने नेविसंघको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस