दशैँका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने

काठमाडौं : असोज १ गतेदेखि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । विभागले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि लामो र छोटो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको हो ।

असोज १ गते विश्वकर्मा पुजा गरेर अग्रिम टिकट खुला गर्न लागिएको यातायात व्यवस्थापन महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । विभागले यात्रुहरुका लागि अनलाइनबाट टिकट बुकिङ गर्ने व्यवस्था मिलाउने र अनलाइनबाट टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको छ।

सिटौलाका अनुसार यातायात आवागमनमा सहज ल्याउनका लागि असोज १५ गतेदेखि विभिन्न नाकाबाट मालवाहक सवारी साधनहरुमा पनि रोक लगाइएको छ । यात्रुको चापको अवस्थालाई हेरेर थप गाडीको व्यवस्था गरिने उनले बताए । उनले भने, ‘घटस्थापनाका दिनदेखि पुर्णिमाको दिनसम्म सबै गाडीको परमिट खुला गर्ने निर्णय गरेका छौं । यात्रुको चापको अवस्थालाई हेरेर थप गाडीको व्यवस्थापन हुन्छ ।’

दशैतिहार जस्ता ठुला चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढ्ने यातायात व्यवस्था विभागका सुचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए । उनले भने, ‘स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुन्छ । तत्काल भाडा बढ्दैन । यात्रुहरुको चाप अनुसार गाडीको व्यवस्थापन हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस