१ किलो सुन सहित महाराजगंजबाट २ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट १ किलोग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस