वीरगन्जमा करेन्ट लागेर एक युवको मृत्यु

वीरगन्ज : वीरगन्जमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका -६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् । वीरगन्ज महानगरपालिका १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई प्रहरीले तत्कालै उद्धार गरी तराई हस्पिटलमा पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस