काठमाडौं : अनधिकृत संचरना हटाउने कार्यलाई प्राथमिकता दिँदै आएको काठमाडौं महानगरले काठमाडौं महानगरपालिका३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ ।
भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।




















