शनिबार, मंसिर २७, २०८२
करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु

झापा : झापामा करेन्ट लगाएर माछा मार्र्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको फरक–फरक स्थानमा मृत्यु भएको हो ।

बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। कुलोको पानीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा बराईली घाइते भएका थिए। बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्लाको हल्दीबारी गाउँपालिका–५ का थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा घटनास्थलमै मृत्यु भएको थियो । यस्तै मेचीनगर नगरपालिका–५ हडिया खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा मेचीनगर ११ धाइजनका ४७ बर्षीया सन्त चौधरीको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय