करेन्ट लागेर पनौती खोपासीका एक पुरुषको मृत्यु

काभ्रे : करेन्ट लागेर काभ्रेका एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाई रहेका छन् ।

मेलम्ची नगरपालिका–१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका थिए । धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनको शनिबार मृत्यु भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय