ट्राफिक प्रहरी काभ्रेको सक्रियता : हराएको मोटरसाइल फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण
सोमबार, भाद्र २७, २०७९ | १४:४५:३६
काभ्रे : जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा हारएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
कार्यालयका अनुसार काठमाडौँ जिल्लाको कागेशवरी मनहरा नगरपालिका वडा नं ३ का २६ वर्षीय आशिष पुडासैनीको बा.प्र. ३ –०२–००४ प ६६९२ नम्बरको कालो रातो रंगको पल्सर मोटरसाइकल २०७९ साल वैशाख महिनामा हराएको थियो ।
आफ्नै घरअगाडी बाट हराएको उनको मोटरसाइकल ट्राफिक प्रहरी काभ्रेले चार महिनापछि फेला पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा , काभ्रेपलाञ्चोक र अस्थायी ट्राफिक प्रहरी खाँवाको संयुक्त प्रयासमा चेकिङ्गको क्रममा ट्राफिक प्रहरीले पुडासैनीको उक्त मोटरसाइकल फेला पारेको थियो ।
फेला परेको उक्त मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले सवारी धनि पुडासैनीलाई आज हस्तान्तरण गरेका छन् ।