काभ्रे : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बनेपा नगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन भाद्र २५ गते बनेपा –१०को सभाहलमा सम्पन्न भएको हो ।
नेकपा एमाले बाग्मती प्रदेशका ट्रेड युनियन ईन्चार्ज एवं मजदुर नेता उद्दब केसीले दिप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी उद्धव केसीले श्रमीकहरु सँग युनियन,महासंघ र पार्टीको तीन वटा कार्ड अनिवार्य हनु पर्ने र स्थानिय तहमा श्रम डेस्क मार्फत श्रमीक पंजिकरणमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाग्मती प्रदेश अध्यक्ष रामहरि नेपालले जिफन्टको आठौं महाधिवेशनबाट पारित निति तथा कार्यक्रमको बारे बताए । कार्यक्रमका अतिथीहरु नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्यन्जु, पार्टी जिल्ला कमिटी सदस्यहरु बिमला दहाल, हरिसरण दाहाल, रत्नकुश रन्जितकार, बिदुर खत्री, जिफन्ट बाग्मती प्रदेस सदस्यहरु गोपाल कार्की, बल बहादुर लो,शान्ती कार्की, मोहन गजुरेलले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनले अध्यक्ष लेखनाथ न्यौपाने,उपाध्यक्ष हिरालाल श्रेष्ठ,सचिव श्याम सापकोटा,सहसचिव चन्द्रमाया श्रेष्ठ र सदस्यहरु सिर्जना कुवर,कुमार श्रेष्ठ, भवानी केसी रहेको ७ सदस्यीय कमिटी निर्विरोध चयन गरेको छ ।




















