बर्दियामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु

नेपालगञ्ज : बर्दियामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका –२ अमरपुरका ६१ वर्षीय थारुको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कार्यालयका अनुसार भैंसी चराउन गएका थारु आइतबार रातिसम्म घर नफर्केपछि उनका आफन्तले वन कार्यालय र प्रहरी कार्यालय लगायतका ठाउँमा जानकारी गराएका थिए । खोजतलास शुरु गर्दा थारुको औराहीको जंगलमा घुँडामुनिका दुबै खुट्टा र शरीरका अन्य केही भाग बाघले खाएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले बताए ।

थारुको शव भेटिएको ठाउँमा उनले प्रयोग गरेको छाता, चप्पल फेला परेको प्रहरीको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले घाँस दाउराका लागि एक्ला/एक्लै वनमा नजान सर्वसाधारणलाई जानकारी गराउँदैआएको छ । सो सूचनाबारे स्थानीयले अटेर गरेका कारण बाघको आक्रमणमा पर्नेगरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय