सोमबार, बैशाख १४, २०८३
काठमाडौँ महानगरमा १ सय ६२ जना नगर प्रहरी थपिने

काठमाडौं : काठमाडौं महानगरपालिकामा १ सय ६२ जना नगर प्रहरी थपिने भएको छ ।

महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । उनका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा गृहमा नगरप्रहरीहरुलाई नेपाल प्रहरीको भन्दा अब्बल काम गरेर देखाउन निर्देशन दिएका थिए ।

अहिले १ सय ७३ नगर प्रहरी कार्यरत रहेको महानगरले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय