पाल्पामा विषादी सेवन गरी एक जनाको मृत्यु
मंगलबार, भाद्र २८, २०७९ | १०:२३:२३

पाल्पा : पाल्पामा विषादी सेवन गरी एक जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगेको तर राति ८ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।