मकवानपुर : लागु औषधसहित मकवानपुरबाट भारतीय दम्पतिलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० आनन्द टोलबाट लागूऔषध खैरोहिरोइन ८ ग्राम २४० मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
भारत घर भई हेटौंडा–१० आनन्द टोलस्थित इन्दिरा प्रजापतिको घरभाडामा बस्दै आएका २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा उनीहरू माथि खानतालसी गरेको र लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।



















