मंगलबार, फाल्गुण २६, २०८२
 दुई क्यासिनोले बुझाएनन् महानगरलाई मनोरञ्जन कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपनि दुई वटा क्यासिनोले भने अझै पनि कर बुझाएका छैनन् । र्‍याडिसन होटलमा सञ्चालित क्यासिनो र्‍याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले कर नतिरेको काठमाडौ महानगरपालिकाले जनाएको छ ।

मनोरञ्जन कर बुझाउन दुवै क्यासिनोलाई पत्राचार गरिए पनि सम्पर्कमै नआएको महानगरको राजस्व विभागले जनाएको छ । दुवै क्यासिनो हाल सञ्चालनमा नरहेको महानगरको भनाइ छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय