काठमाडौं : काठमाडौं महानगरपालिकाले ट्राफिक विज्ञ सल्लाहकारको जिम्मेवारी नेपाल प्रहरीका पूर्व एसएसपी जगतमान श्रेष्ठलाई दिइएको छ ।
नेपाल प्रहरीका पूर्व एसएसपी श्रेष्ठलाई मेयर बालेन शाहले विज्ञ सल्लाहकारमा नियुक्त गरी जिम्मेवारी दिएका छन् । नगरकार्यपालिकाका तर्फबाट विभागीय प्रमुख महेश कुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा भदौ २८ देखि लागू हुनेगरी नियुक्त गरिएको उल्लेख छ ।




















