चिनियाँ नेताको सवारीका कारण आज पनि काठमाडौँ उपत्यकाका सडक अस्तव्यस्त

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौँ उपत्यकाका सडक अस्तव्यस्त भएका छन् ।

बुधबार बिहान ९ बजे पछि कालीमाटी, त्रिपुरेश्वर, कोटेश्वरदेखी भक्तपुर जाने सवारी साधन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी, सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुनेछ ।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली भक्तपुर दरबार क्षेत्रको अवलोकनमा निस्केका कारण ती सडक प्रभावित भएका हुन्। त्यस्तै दिउँसो साढे ३ बजे आसपासमा कालीमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न जाने भएका कारण ती सडक प्रभावित हुने भएका हुन्।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय