सात सय रुपैँयाले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य साथत सय रुपैँयाले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय, तेजावी सुनको मूल्य ९२ हजार ३ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार ९३ हजार ५ सय रुपैयाँमा छापावाल, ९३ हजार रुपैयाँमा तेजावी र ११ सय ८५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस