सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु
बुधबार, भाद्र २९, २०७९ | १३:०५:१२
सप्तरी : पोखरीमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भागवतपुर बस्ने सचिन्द्र सदाका छोरा ५ वर्षीय सुदीप कुमार सदा रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।
मंगलबार दिउँसो करिब पौने १२ बजे पोखरी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोजरले खनेको सानो पोखरीमा खेल्ने क्रममा डुबेका बालकलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषित गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।