सोमबार, बैशाख १४, २०८३
स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

सप्तरी : राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय