
काठमाडौं : अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सोह्रखुट्टेमा डोजर चलाएको छ। बुधबार सोह्रखुट्टेस्थित घरले एक फिट बाटो मिचेका कारण डोजर चलाइ संरचना भत्काएको महानगरका प्रहरी नायब उपरीक्षक शिव पौडेलले जानकारी दिए।
उनका अनुसार उक्त घरलाई पहिले पनि सूचना दिएको थियो। ‘पटक पटक माइकिङ र सूचना टाँसेर अवगत गराउँदा पनि उहाँहरूले काम गर्नुभएन,’ उनले भने, ‘उहाँले अटेर गर्नुभयो। त्यसैले आज डोजर चलाइएको हो।’
महानगरले आजै सोह्रखुट्टेस्थित ‘न्यू बिहान किचेन स्टोर्स’ र ‘टपरी मःम पसलमाथि डोजर चलाएको छ। डोजर चलाउँदा महानगर र घरधनीबीच अवरोध समेत पैदा भएको थियो। पछिल्लो समय महानगरले अवैध संरचनामाथि अल्टिमेटम दिँदा पनि नमानेका संरचनामाथि डोजर चलाइ भत्काउने काम गर्दै आएको छ।