मकवानपुरमा डेंगु संक्रमणको जोखिम : एकैदिन १ सय २४ जनामा संक्रमण पुष्टि
बुधबार, भाद्र २९, २०७९ | १८:१९:३३
मकवानपुर : मकवानपुरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार संक्रमित हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना रहेका छन् । त्यस्तै, मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँपालिकाका ३ रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार थपिएका १ सय २४ संगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १३ सय ३१ पुगेको छ । जसमध्ये पुरुषको संख्या ७ सय ७४ रहेका छन् भने ५ सय ५७ महिलामा डेंगु संक्रमण भएको छ ।