शनिबार, मंसिर २७, २०८२
काभ्रेमा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति : क्षेत्र नं १ माओवादीलाई, क्षेत्र नं २ काँग्रेसलाई

काभ्रे : मंसिर ४ गते हुने निर्वाचनका लागि काभ्रेमा  प्रतिनिधिसभा तर्फको सिट बाँडफाँडमा सत्ता गठबन्धनमा  सहमति जुटेको छ ।

सहमति अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ नेकपा माओवादी र क्षेत्र नं २ नेपाली काँग्रेसको भागमा पारेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ सूर्यमान दोङ, गंगा बहादुर दोङ, रत्न ढकाल र दिनानाथ गौतमको नाम सिफारिस गरेको छ ।

सत्ता गठबन्धनको भागबन्डा अनुसार काँग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नं २ प्रत्यक्षतर्फ मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईँ, अच्युतप्रसाद पौडेल, रामजी पन्त र ठाकुरप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसले तिर्थ लामालाई प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस गरेको थियो। त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपा माओवादीले डा. भरत लामिछानेको एकल नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय