गोरखा : गोरखामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।
गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















