चार दिनदेखि निरन्तर घट्दै सुनको मूल्य : आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज प्रतितोला तीन सय रुपैँयाले घटेर
छापावाल सुन ९२ हजार ५०० र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ रुपैयाँले सुनको मूल्य घटेको हो ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने सामान्य बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । जसको मूल्य बुधबार प्रति तोला ११ सय ७५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस