जय नेपाल हल परिसरमा चल्यो महानगरको डोजर : उत्खनन् गर्दा भेटियो टुकुचा खोला

काठमाडौं : काठमाडौं महानगरपालिकाले आज जय नेपाल हल परिसरमा डोजर चलाएको छ । महानगरपालिकाको टोलीले जय नेपाल हल परिसरमा डोजर प्रयोग गरी टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ ।

महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।

बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय