काठमाडौं : राष्ट्रियसभाको आजको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । बैठकबाट बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन्।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मत रूपमा दुवै विधेयक पारित भएका हुन्। दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन्।
राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रवार १२:५९ बजे बस्नेछ।



















