रसुवा : नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट खुलेको छ। साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
आज बिहान सात वटा चिनियाँ गाडीले सामान नेपाल तर्फ ल्याए सँगै नाका सञ्चालनमा आएको रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । दैनिक १४ वटा चिनियाँ गाडीले आज सामान ल्याउने बताए पनि भोलि बाट थप २४ घन्टा सामान पठाउने चिनियाँ पक्षले बताएको छ ।
रसुवागढीमा सामान लोड अनलोड गर्ने, सवारी चालक तथा सुरक्षा निकाय, भन्सार कर्मचारी सँगै अन्य ब्यत्तीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धि सुरक्षाको सम्पूण मापदण्डमा रही काम गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नबराज जैसीले बताए ।





















