सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको यान्त्रिक परीक्षण कार्यक्रम

काभ्रे : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज सवारी साधनको यान्त्रिक परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यालयले  बि.पी राजमार्गमा सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सञ्चालन गरिएको सवारी साधनको यान्त्रिक परीक्षण ५५ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालयले आज सवारी साधनको यान्त्रिक परीक्षण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस