आठ सय रुपैँयाले घट्यो सुनको मूल्य
शुक्रबार, भाद्र ३१, २०७९ | ११:३९:५६

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुन आठ सय रुपैँयाले घट्दै प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला आठ सय रुपैँयाले नै घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ प्रतितोलामा किनबेच भएको महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।