काभ्रे : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट भएको छनोट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत काभ्रेका २९ वटा विद्यालय छनौट भएका छन् ।
राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।
‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।
जिल्लाको १३ वटा स्थानीय तहमध्ये ३ वटा पालिकाका तीन/तीन वटा विद्यालय र बाँकी १० वटा पालिकाका दुई/दुई वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकामा तीन/तीन वटा विद्यालय उक्त कार्यक्रमका लागि छनौट भएको केन्द्रले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका काभ्रेका २९ वटा विद्यालय :






















