जुवातास खेलिरहेको अवस्थामा बानेश्वरबाट १० जना पक्राउ
शुक्रबार, भाद्र ३१, २०७९ | १२:४८:४४
काठमाडौं : काठमाडौं महानगरपालिका-३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएकी ईन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।