धुलिखेल–४ मा मल वितरणमा ढिलाई : वडामा मल आएको १० दिनपछि बल्ल वितरण प्रक्रिया अघि बढाइयो
शुक्रबार, भाद्र ३१, २०७९ | १३:१५:११
काभ्रे : देशैभर रासायनिक मल अभावले किसान चिन्तित भइरहेको बेलामा जिल्लाको धुलिखेल नगरपालिकामा भने मल वितरणमा ढिलाई गरिएको छ । वडा कार्यालयमा रासायनिक (युरिया) मल भएका आएको १० दिनपछि बल्ल वितरण प्रक्रिया अघि बढाइएको छ ।
वडा कार्यालयले आज एक सूचना जारी गर्दै रासायनिक (युरिया) मल वितरण गर्न प्रक्रिया अघि बढाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको सूचना अनुसार असोज २ गते कार्यालयबाट किसानहरुलाई मल वितरण गरिनेछ । किसानले पाँच के.जी मल पाउनेछन् ।
मल लिन आउँदा जग्गाधनी व्यक्तिहरुले आफ्नो नागरिकताको १ प्रति फोटोकपी साथमा लिएर आउनुपर्ने वडाबाट जारी गरिएको सूचनामा उल्लेख छ । असोज २ गते बिहान १० बजेबाट वडा कार्यालयमा मल वितरण गरिनेछ ।