दशैँको टिकाको शुभ साइत : बिहान ११ बजेर ५१ मिनेट
काठमाडौं : यस वर्षको दशैँको टिकाको साइत साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले आज एक सूचना जारी गर्दै यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको हो ।
नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिका अनुसार बडादसैँको टीकाको शुभ साइत बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ । बडादसैँसँग सम्बन्धीत अन्य साइतहरु पनि सावर्जनिक गरेको पञ्चाङ्ग निर्णयक विकास समितिले नवरात्रको पहिलो दिन घटस्थापना असोज १० गते बिहान १० बजेर २३ मिनेटबाट सुरु हुने बताएको छ ।
दोस्रो दिन ११ गते झण्डा फेर्ने बिहान ११ बजेर ११ मिनेटमा, चौथो दिन १४ गते पचलीभैरव यात्रा, छैठौं दिन १६ गते फुलपाती, तुलजाभवानी यात्रा बिहान १० बजेर ५ मिनेट जाँदा रहेको र सोही दिन बिहान ११ बजेर ३५ मिनेट जाँदा स्थिरासन साइत रहेको उल्लेख छ ।
सातौं दिन १७ गते सोमबार महाष्टमी, कालरात्रि, आठौं दिन १८ गते महानवामी र नवौं दिन १९ गते विजयादशमी, देवी विसर्जन बिहान १० बजेर ३४ मिनेटमा, टीका ११ बजेर ५१ मिनेटमा, तुलजाभवानी यात्रा बिहान ७ बजेर ३५ मिनेटमा, स्थिरासन बिहान ८ बजेर ४७ मिनेटमा रहेको छ ।
त्यस्तै, असोज २२ गते अखिलबलिपूर्ति तथा २३ गते आईतवार कोजाग्रत व्रत रहेको समितिले जनाएको छ ।