साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारतविरुद्ध नेपालको अग्रता
शुक्रबार, भाद्र ३१, २०७९ | १९:००:४१
काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपालले भारतविरुद्ध १–० गोलअन्तरको अग्रता बनाएको छ ।
नेपाली समर्थकले भरिभराउ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् ।
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन । प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो