भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप २०२२को फाइनलमा
शुक्रबार, भाद्र ३१, २०७९ | २०:२४:३२
काठमाडौं : भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले कडा प्रतिद्वन्द्वी भारतविरुद्ध १–० को जित हात पारेको हो ।
साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको यो पहिलो र ऐतिहासिक घटना हो । नेपालका लागि प्रिती राईले गोल गर्दै जित दिलाउन सफल भएकी हुन् ।
कडा प्रतिस्पर्धाका साथ भएको खेलमा भारतलाई गोलरहीत बनाउँदै अन्तिम समयमा नेपालले गोल गर्न सकेको हो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि सबै खेलमा भारतसँग नेपाल पराजित भए पनि यो पटक भने च्याम्पियन बन्ने संभावना बढेको छ ।